Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा तनहुँमा तीन जना कोरोना संक्रमितको निधन, २४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा तनहुँमा तीन जना कोरोना संक्रमितको निधन, २४ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २, २०७८ आइतवार • १८:२९:०७ बजे
  • 883
    SHARES
  • पछिल्लो २४ घण्टामा तनहुँमा तीन जना कोरोना संक्रमितको निधन, २४ जनामा कोरोना पुष्टि

    तनहुँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तनहुँका तीन जनाले ज्यान गुमाएका छन । स्वास्थ्य निर्देशानलयका निर्देशक बिनोद बिन्दुले दिएको जानकारी अनुसार तनहुँका दुई पुरुष र एक महिलाले ज्यान गुमाएका हुन ।

    images

    ज्यान गुमाउनेमा सबै भन्दा बढी उमेर रहेका व्यास नगरपालिका - १३ का ९१ बर्षीय पुरुष रहेका छन । उनको नेशनल एपोलो अस्पताल, तनहुँमा उपचारको क्रममा २०७८/०२/०२ गते दुखद निधन भएको हो । उनलाई २०७८०२०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    यसै गरी व्यास नगरपालिका - ४ की कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते होम अइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको उमेर भने खुलाएको छैन ।

    पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घिरिङ गाउँपालिका - ३ का ६४ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पछिल्लो २४ घण्टामा तनहुँ गरिएको ७७ जानको पिसीआर परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । जसमा १० महिला १४ जना पुरुष रहेका छन । अहिले सम्म तनहुँमा कोरोना संक्रमणबाट १५ महिला र २४ पुरुष गरी ३९ जनाले ज्यान गुमाएका छन । यसै गरी तनहुँमा अहाल सम्म २०३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा हाल ४३० संक्रिय केश रहेका छन भने १५६४ जनाले कोरोना जितेर घर फर्किसकेका छन।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology