स्याङ्जा। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट स्याङ्जाका सात जनाले ज्यान गुमाएका छन । स्वास्थ्य निर्देशानलयका निर्देशक बिनोद बिन्दुले दिएको जानकारी अनुसार स्याङ्जाका चार पुरुष र तीन महिलाले ज्यान गुमाएका हुन ।
पछिल्लो २४ घण्टामा स्याङ्जामा गरिएको ७३ जनाको पिसीआर परिक्षणमा ६१ जनामा कोरोना पुष्टि भएको छ । जसमा ३५ महिला २६ जना पुरुष रहेका छन ।
अहिले सम्मस्याङ्जमा कोरोना संक्रमणबाट १३ महिला र २९ पुरुष गरी ४२ जनाले ज्यान गुमाएका छन । यसै गरी तनहुँमा अहाल सम्म १५६० जनामा संक्रमण पुष्टि भएको छ । जसमा हाल ३९९ संक्रिय केश रहेका छन भने १११९ जनाले कोरोना जितेर घर फर्किसकेका छन।
स्याङजा जिल्ला, वालिङ नगरपालिका - १३ की ५६ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । स्याङजा जिल्ला, वालिङ नगरपालिका - ८ का ६२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
स्याङजा जिल्ला, वालिङ नगरपालिका - १३ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०१ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। स्याङजा जिल्ला, वालिङ नगरपालिका - १ की ४९ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०२ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।
स्याङजा जिल्ला, गल्याङ नगरपालिका - ४ का ८३ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०२ गते गहौं प्राथमिक स्वास्थ्य केन्द्र, स्याङजामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८०२०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। स्याङजा जिल्ला, गल्याङ नगरपालिका - ४ का ८६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८०२०२ गते होम अइसोलेसनमा दुखद निधन भएको छ। वहाँमा मिति २०७८०१२८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
स्याङजा जिल्ला, अर्जुनचौपारी गाउँपालिका -२ की ८० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८०२०२ गते जिल्ला अस्पताल, स्याङजामा उपचारको क्रममा दुखद निधन भएको छ। वहाँमा मिति २०७८०१२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।