Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दाह्रा झिकिएको अवस्थामा बाँकेमा मृत बाघ फेला

दाह्रा झिकिएको अवस्थामा बाँकेमा मृत बाघ फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १३:४५:१५ बजे
  • 568
    SHARES
  • दाह्रा झिकिएको अवस्थामा बाँकेमा मृत बाघ फेला

    बाँके - बाँकेमा एउटा वयस्क बाघ मृत अवस्थामा भेटिएको छ। डुडुवा गाउँपालिका ५ स्थित गोकुल सामुदायिक वनमा १० १२ वर्षको भाले बाघ मृत अवस्थामा फेला परेको हो। डिभिजन वन कार्यालय बाँकेका अधिकृत रमेश बुढाथोकीका अनुसार वन हेरालु नियमित रूपमा वनमा घुम्दा मृत बाघ भेटाएपछि उनीहरूले सामुदायिक वनका अध्यक्षलाई खबर गरेका थिए।

    images

    वन अध्यक्षले डिभिजन वन कार्यालयलाई खबर गरेपछि वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरू तथा भेटेनरी चिकित्सकको टोली घटनास्थल पुगेको थियो। डिभिजन वन कार्यालयका अधिकृत बुढाथोकीले सडिसकेकाले पोस्टमार्टम गर्न नसकिने चिकित्सकको राय भएकाले मृत्युको कारण पत्ता लगाउन नसकिएको बताए।

    बाघ केही दिनअघि मरिसकेका कारण धेरैजसो भाग सडेको थियो। शरीरमा कुनै घाउ चोट र गोलीको निशान छैन। विष हालेर मारेका हुनसक्ने हाम्रो अनुमान छ, उनले भने, बाघले शिकार गर्ने चार वटा दाह्रा र जुंगा लगिसकेछन्। हामीले बंगारा, नंग्रा र छालाको नमूना राखेका छौं। डिएनए परीक्षण गर्नका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने हो। बाघलाई भने गाडिसक्यौं।

  • सम्बन्धित विषय:

  • # मृत बाघ फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology