Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा थप ९२४७ जना कोरोना संक्रमित थपिए,५७६७ जना डिस्चार्ज '२१४ जनाको मृत्यु'

नेपालमा थप ९२४७ जना कोरोना संक्रमित थपिए,५७६७ जना डिस्चार्ज '२१४ जनाको मृत्यु'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३, २०७८ सोमवार • १७:३९:५२ बजे
  • 637
    SHARES
  • नेपालमा थप ९२४७ जना कोरोना संक्रमित थपिए,५७६७ जना डिस्चार्ज '२१४ जनाको मृत्यु'

    पछिल्लो २४ घन्टामा नेपालमा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।

    गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ। देशभर ७०८ जना क्वारेन्टिनमा रहेका छन्।

    पछिल्लो २४ घण्टामा ५७६७ जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ कोरोनामुक्त भएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology