Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैलेखमा जीप दुर्घटना हुदाँ दुई जनाको घटना स्थलमै मृत्यु

दैलेखमा जीप दुर्घटना हुदाँ दुई जनाको घटना स्थलमै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • ०९:३६:०९ बजे
  • 1.0K
    SHARES
  • दैलेखमा जीप दुर्घटना हुदाँ दुई जनाको घटना स्थलमै मृत्यु

    दैलेख । दैलेखमा जीप दुर्घटना हुदाँ दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको दुल्लु नगरपालिका ३ स्याँला भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

    images

    जुम्लाबाट सुर्खेत जाँदै गरेको बा २० च ७१५ नम्बरको जीपमा सवार जुम्लाको गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।

    जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology