Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आक्रमण

नशाको तालमा वडा सदस्यले गरे आफ्नै छोरालाई आक्रमण

नशाको तालमा वडा सदस्यले गरे आफ्नै छोरालाई आक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७७ बिहिवार • १७:४०:५६ बजे
  • 8.8K
    SHARES
  • नशाको तालमा वडा सदस्यले गरे आफ्नै छोरालाई आक्रमण
     म्याग्दी - बेनी नगर पालिका वडा न २ का वडा सदस्यले गए राती मदिरा सेवन गरेर आफ्नै जेष्ठ छोरालाई निर्घात कुटपिट गरी घाइते बनाएका छन। साबिकको ज्यामरुककोट गौस्वरा घर भएका बेनपा २ का नेपाली काॅग्रेस बाट खुल्ला  वडा सदस्यमा निर्वाचित डम्मर बहादुर पोखरेलले गए राती मदिरा सेवन गरी आफ्नै छोरा सुमन पोखरेल लाई कुटेर अनुहार भरी रगताम्य बनाएको छन ।

    खाना खाएर सुतेका छोराकोकोठामा झ्यालबाट छिरेर वडा सदस्य समेत रहेका पोख्रेलले आक्रमण गरेका थिए । बाउ को पिटाई बाट छोराको एउटा आँखा र हातमा गम्भिर चोट लागेको छ । अहिले छोरालाई परिवारका अन्य सदस्यहरुले उपचारको लागि बाग्लुङ अस्पतालमा लगेको स्थानियबासी तथा जिल्ला प्रहारी कार्यालय बाग्लुगंमा कार्यरत सहायक प्रहरी निरिक्षक प्रेम खड्काले जानाकारी दिनु भयो!
    मदिरा पिएपछी होस नै गुमाउने वडा सदस्यको यस अघी पनि मदिरा पिएर ज्यामरुककोटको तमाने स्थित मोटर बाटो मा काम गर्नेमजदुरहरु सुतेको ठाउमा गएर मजदुरहरुलाई धम्काएको भिडियो सामाजिक सन्जालमा भाईरल भएको थियो साथै भुमेको पूजामा पनिलफडा गरेको स्थानियले गुनासो गरेका थिए । जनताका समस्याहरुको समाधानको लागि जनताले चुनेका जनप्रतिनिधी को सधैं को यस्तो  व्यबहारले बेनपा २ गौस्वाराका छिमेकीहरु आजित भएको स्थानियबासीहरुले बताएका छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology