Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई बालकको घाटी रे'टेर ह'त्या गरिएको अवस्थामा श'व फेला,तालिमप्राप्त कुकुरमार्फत थप अनुसन्धान गर्दै प्रहरी

दुई बालकको घाटी रे'टेर ह'त्या गरिएको अवस्थामा श'व फेला,तालिमप्राप्त कुकुरमार्फत थप अनुसन्धान गर्दै प्रहरी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १०:५३:५३ बजे
  • 1.2K
    SHARES
  • दुई बालकको घाटी रे'टेर ह'त्या गरिएको अवस्थामा श'व फेला,तालिमप्राप्त कुकुरमार्फत  थप अनुसन्धान गर्दै प्रहरी

    बारा । बारामा एकै परिवारका दुई बालकको घाटी रे'टेर ह'त्या गरिएको अवस्थामा श'व फेला परेको छ । जिल्लाको कलैया उपमहानगरपालिका-७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा दुई दाजुभाई गफार मियाँका छोराहरु ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको श'व आज बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजु भाई हुन् ।

    images

    आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् । हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि वेपत्ता थिए ।

    गफार मियाका दुवैजना छोराको श'व हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् । घटनाका सम्बन्धमा प्रहरीले केहीसमयपछि विस्तृत विवरण दिने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology