Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तनहुँका ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको आइसीयू अभावमा निधन

तनहुँका ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको आइसीयू अभावमा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ४, २०७८ मंगलवार • १५:४६:३० बजे
  • 847
    SHARES
  • तनहुँका ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको आइसीयू अभावमा निधन

    तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो ।

    images

    स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ ।

    अस्पतालका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठलेआइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology