Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ केन्द्रबिन्दु बनाएर बिहान भूकम्प जाँदा सात वटा घर भत्किए, तीन जना घाइते

लमजुङ केन्द्रबिन्दु बनाएर बिहान भूकम्प जाँदा सात वटा घर भत्किए, तीन जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • ०८:२७:३९ बजे
  • 1.3K
    SHARES
  • लमजुङ केन्द्रबिन्दु बनाएर बिहान भूकम्प जाँदा सात वटा घर भत्किए, तीन जना घाइते

    लमजुङ । लमजुङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधवार बिहान भूकम्प जाँदा सात वटा घर भत्किएका छन् भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    भूकम्पमा परी मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् भने अर्का एक जना घाइतेको नाम खुलेको छैन । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सात वटा घर भत्केको जानकारी आएको बताएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    लमजुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४३ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का लमजुङ सहित आसपासका काठमाडौं लगायत मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology