Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाका संक्रमणका कारण रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

कोरोनाका संक्रमणका कारण रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • ०८:४०:०६ बजे
  • 1.1K
    SHARES
  • कोरोनाका संक्रमणका कारण रुपन्देहीका पत्रकार चौधरीको मृत्यु

    बुटवल । कोरोनाका संक्रमणका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ। बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको उपहारको क्रममा मृत्यु भएको हो। 

    images

    तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो। १० दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको आज बिहान २:४५ बजे निधन भएको अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले जानकारी जानकारी दिए।

    तिलोत्तमा ५ मणिग्राम निवासी ६१ वर्षीय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए। उनका श्रीमती, ४ छोरी र २ छोरा छन्। उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताएका छन। महासंघले एक असल कर्मशील पत्रकार गुमाउनुपरेको सचिव बिनोद परियारले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology