Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा फेरी तेस्रो पटक भुकम्पको धक्का महसुस,लमजुङ भुलभुले केन्द्र विन्दु

पोखरामा फेरी तेस्रो पटक भुकम्पको धक्का महसुस,लमजुङ भुलभुले केन्द्र विन्दु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • ०९:१६:४५ बजे
  • 5.3K
    SHARES
  • पोखरामा फेरी तेस्रो पटक भुकम्पको धक्का महसुस,लमजुङ भुलभुले केन्द्र विन्दु

    पोखरा - पोखरामा फेरी तेस्रो पटक भुकम्पको धक्का महसुस गरिएको छ । एका बिहानै बिहान ५:४२ लमजुङ भुलभुले केन्द्र विन्दु बनाएर गएको ५.८ रेक्टर स्केल पछी पुन  ८ :१६ मा भुलभुले आसपास केन्द्र विन्दु बनाएर ४.० स्केल र तेस्रो पटक सोही ठाउँ आसपास भएर ८ :२६ मा ५.३ को भुकम्प गएको हो ।

    images

    भुकम्प जाँदा सात वटा घर भत्किएका छन् भने तीन जना घाइते

    लमजुङ । लमजुङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधवार बिहान भूकम्प जाँदा सात वटा घर भत्किएका छन् भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

    भूकम्पमा परी मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् भने अर्का एक जना घाइतेको नाम खुलेको छैन । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सात वटा घर भत्केको जानकारी आएको बताएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    लमजुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४३ मिनेटमा ५.८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का लमजुङ सहित आसपासका काठमाडौं लगायत मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology