Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञाको उल्लघन गर्दा दुर्घटना

निषेधाज्ञामा यात्रु सहित रुकुम पश्चिम हिडेको बस दाउन्नेमा दुर्घटना,चार जनाको मृत्यु ४९ जना घाइते

निषेधाज्ञामा यात्रु सहित रुकुम पश्चिम हिडेको बस दाउन्नेमा दुर्घटना,चार जनाको मृत्यु ४९ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • ०९:४८:१९ बजे
  • 1.7K
    SHARES
  • निषेधाज्ञामा यात्रु सहित रुकुम पश्चिम हिडेको बस दाउन्नेमा दुर्घटना,चार जनाको मृत्यु ४९ जना घाइते

    पोखरा । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको बस नवलपरासी पश्चिममा दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

    images

    ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा विहान ६ वजे खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।

    बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको डीएसपी लामाले बताए । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उहाँले बताए ।

    घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ । दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ ।

    निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाईते ४९ जना मध्ये ४२ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाट, ५ जनाको संजिवनी हेल्थ क्लीनिकमा उपचार भैरहेको छ ।चालकले प्रहरीलाई बसको ब्रेक फेल भै दुर्घटना हुन पुगेको बताएका छन ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology