Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाकेँमा १७ जना सङ्क्रमितको एकै रातमा मृत्यु,

बाकेँमा १७ जना सङ्क्रमितको एकै रातमा मृत्यु,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १५:४१:३८ बजे
  • 1.1K
    SHARES
  • बाकेँमा १७ जना सङ्क्रमितको एकै रातमा मृत्यु,

    बाँके । बाँकेका अस्पतालमा उपचाररत थप १७ कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ ।

    images

    उपचारका क्रममा मृत्यु हुनेमा ८ जना बाँके र ९ जना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए ।

    यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताए ।

    विराटनगरका विभिन्न तीन अस्पतालमा उपचाररत थप पाँच कोरोना संक्रमितको मृत्यु

    विराटनगरका विभिन्न तीन अस्पतालमा उपचाररत थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

    कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–८ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

    उनी हिजोमात्र अस्पताल भर्ना भएका थिए । नोबेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुष र झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालमा प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology