Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज विहानको भूकम्पले तनहुँ र गोरखामा समेत घर भत्कायो

आज विहानको भूकम्पले तनहुँ र गोरखामा समेत घर भत्कायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १६:०७:१८ बजे
  • 1.2K
    SHARES
  • आज विहानको भूकम्पले तनहुँ र गोरखामा समेत घर भत्कायो

    बुधवार बिहान लमजुङको भुलभुले आसपास भएर गएको भूकम्पको पराकम्पनबाट तनहुँ र गोरखाम पनि घर भत्केका छन । पराकम्पले तनहुँ व्यास नगरपालिका १४ स्थित कुलुङमा एक घर भत्किएको हो।

    images

    वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार स्थानीय कृष्णबहादुर कामीको घर भत्किएको हो। उनको घरको माथिल्लो तल्ला भत्किएको छ। घरमा १० जना सदस्य बस्दै आएका छन्।

    यसै गरी पराकम्पले नै गोर्खा जिलाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ विरुवाटार फेदीकी जौमाया श्रेष्ठको घरको गारो भत्किएको छ ।

    भुलभुले केन्द्रविन्दू भएर बुधबार बिहान पौने छ बजे ५ दशमलव ८ रेक्टरस्केलको र ८ः१६ बजे ४ रेक्टर, ८ः१७ मा ४ दशमलव १ रेक्टर र ८ः२६ मा ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा। लोकविजय अधिकारीका अनुसार २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पकै परकम्पको रुपमा बुधबार भूकम्प गएको हो।

    ठूलो भूकम्प गएपछि लामो समयसम्म त्यसको परकम्प आइरहने गर्छ।

    २०७२ वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि हजारौँ पटक परकम्प गएका छन्।

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology