Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा पोखरामा कोरोना संक्रमित १३ जनाको मृत्यु ,एकको अस्पताल ल्याउने क्रममा मृत्यु ( विवरण सहित )

२४ घण्टामा पोखरामा कोरोना संक्रमित १३ जनाको मृत्यु ,एकको अस्पताल ल्याउने क्रममा मृत्यु ( विवरण सहित )

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १६:५२:४५ बजे
  • 2.2K
    SHARES
  • २४ घण्टामा पोखरामा कोरोना संक्रमित १३ जनाको मृत्यु  ,एकको अस्पताल ल्याउने क्रममा मृत्यु ( विवरण सहित )

    पछिल्लो २४ घण्टामा पोखरामा कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरभित्रका ६ जना रहेका छन भने ७ जना अन्य जिल्लाका रहेका छन ।

    images

    स्वास्थ्य निर्देशानलयका निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार आज कास्की भरी ८३३ जनामा गरिएको परीक्षणमा १७६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कास्कीमा हाल सम्म २२० जनाले ज्यान गुमाएका छन ।आज नै गण्डकी प्रदेशमा थप ३० जनाले ज्यान गुमाएका छन ।

    कास्की जिल्ला, पोखरा महानगरपालिका - ९ का ४२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    कास्की जिल्ला, पोखरा महानगरपालिका - १० की ४८ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/० २/०५ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो

    कास्की जिल्ला, पोखरा महानगरपालिका - १५ का ७५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो

    कास्की जिल्ला, पोखरा महानगरपालिका - ८ का ५९ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/० २/०४ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का ५६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२५ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    कास्की जिल्ला, पोखरा महानगरपालिका - १४ का ५४ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते उपचारको लागि अस्पताल ल्याउने क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, बिहादी गाउँपालिका - ३ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका - ९ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    स्याङजा जिल्ला, वालिङ नगलपालिका - १३ की ५५ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, चापाकोट गाउँपालिका - ५ का ७२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    स्याङजा जिल्ला, वालिङ नगलपालिका - १ का ७६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    रूपन्देही जिल्ला, सैनामैना नगरपालिका - ३ का ४९ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पाल्पा जिल्ला, तानसेन नगरपालिका - २ की ४४ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०५ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology