Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा तनहुँका ५ जना कोरोना संक्रमितले ज्यान गुमाए,५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा तनहुँका ५ जना कोरोना संक्रमितले ज्यान गुमाए,५६ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १७:३८:२५ बजे
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घण्टामा तनहुँका ५ जना कोरोना संक्रमितले ज्यान गुमाए,५६ जनामा कोरोना पुष्टि

    तनहुँ । पछिल्लो २४ घण्टामा तनहुँका ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । निधन हुनेमा चार पुरुष र एक महिला छन । उनीहरु मध्य चार जनाको चितवन मेडिकल कलेज र एक जनाको जी।पी। कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, तनहुँमा उपचारको क्रममा दुखद निधन भएको हो ।

    images

    स्वास्थ्य निर्देशानलयका निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार आज तनहुँ भरी ७७ जनामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ । २१ महिला र ३५ पुरुष रहेका छन ।

    यो सँगै तनहुँमा हाल सम्म ४८ जनाले ज्यान गुमाएका छन । आज नै गण्डकी प्रदेशमा थप ३० जनाले ज्यान गुमाएका छन ।

    तनहुँ जिल्ला, भानु नगरपालिका - ४ का ७१ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    तनहुँ जिल्ला, भानु नगरपालिका - १२ की ६५ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०१/२३ गते चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    तनहुँ जिल्ला, बन्दीपुर नगरपालिका - २ का कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/११ गते भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    तनहुँ जिल्ला, व्यास नगरपालिका - १ का ४१ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/३० गते चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका - ५ का ८१ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, तनहुँमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology