Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना अपडेट

देशभरबाट ७,९८९ जनाले जिते कोरोना,"८,०६४ जनामा संक्रमण पुष्टि,२४६जनाको निधन"

देशभरबाट ७,९८९ जनाले जिते कोरोना,"८,०६४ जनामा संक्रमण पुष्टि,२४६जनाको निधन"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १७:५४:०० बजे
  • 1.0K
    SHARES
  • देशभरबाट ७,९८९ जनाले जिते कोरोना,"८,०६४ जनामा संक्रमण पुष्टि,२४६जनाको निधन"

    पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबार दिएको जानकारी अनुसार देशभरबाट ७ हजार ९ सय ८९ जना निको भएका छन ।

    images

    मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २४ घण्टामा ८ हजार ६४ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ जनामा पोजिटिभ देखिएको छ ।

    कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृ'त्यु भएको छ ।

    यो पनि हेर्नुस : पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने

    कोरोना भाइरसको नयाँ प्रकारको बढ्दो संक्रमण रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ।

    पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरूपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ।

    पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा केहीमा परीक्षा सुरू हुने मिति नजिकिँदै लाग्दा निषेधाज्ञा जारी भएपछि स्थगन गरिएको थियो।

    महानगरले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य आगामी असार १ गतेदेखि मात्र सुरू हुने गरी निर्णय भएकाले सोहीबमोजिम गर्न विद्यालयका नाममा सूचनासमेत जारी गरेको छ।

    कक्षा ८ को वार्षिक परीक्षाका सम्बन्धमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सूचनामा उल्लेख छ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology