Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट स्याङ्जाका २७ बर्षीय युवक सहित ७ जनाले ज्यान गुमाए, ९ जनामा पुष्टि

कोरोना संक्रमणबाट स्याङ्जाका २७ बर्षीय युवक सहित ७ जनाले ज्यान गुमाए, ९ जनामा पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १८:०६:२५ बजे
  • 2.0K
    SHARES
  • कोरोना संक्रमणबाट स्याङ्जाका २७ बर्षीय युवक सहित ७ जनाले ज्यान गुमाए, ९ जनामा पुष्टि

    कोरोना संक्रमणबाट स्याङ्जाका २७ बर्षीय युवक सहित ७ जनाले ज्यान गुमाएका छन। जस मध्य २ जनाको होम आइशोलेसमा निधन भएको हो भने अन्यको उपचारको क्रममा विभिन्न अस्पतालमा ज्यान गएको हो ।

    images

    आज नै स्याङ्जा जिल्लामा ९ जनामा कोरोना पुष्टि भएको छ । ३ जना महिला र ६ जना पुरुषमा पुष्टि भएको हो । यो सँगै जिल्लामा ४७० सक्रिय केश रहेका छन भने ५५ जनाले ज्यान गुमाएका छन ।

    स्याङजा जिल्ला, पुतलीबजार नगलपालिका - १ का ९२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/० १/२४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    स्याङजा जिल्ला, वालिङ नगलपालिका - २ की ७७ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, गल्याङ नगलपालिका - ११ का २७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते गौतम बुद्ध अस्पताल, बुटवलमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    स्याङजा जिल्ला, वालिङ नगलपालिका - १३ की ५५ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, चापाकोट गाउँपालिका - ५ का ७२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    स्याङजा जिल्ला, वालिङ नगलपालिका - १ का ७६ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    स्याङजा जिल्ला, भिरकोट नगलपालिका - ३ की ७० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/० २/०५ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०२/०४ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology