Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्वतमा ५ जनाको ज्यान गयो,२२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्वतमा ५ जनाको ज्यान गयो,२२ संक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १८:२६:५० बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्वतमा ५ जनाको ज्यान गयो,२२ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पर्वतका ५ जना र पाल्पाका एक जनाले ज्यान गुमाएका छन । यसै गरी पर्वत जिल्लामा ४२ जनामा गरिएको परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    जसमा ९ महिला र १३ जना पुरुष रहेका छन । यो सँगै जिल्लामा सक्रिय केश ६१५ पुगेको छ भने २५ जनाले ज्यान गुमाइसकेका छन । 

    पर्वत जिल्ला, बिहादी गाउँपालिका - ३ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका - ९ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका - ६ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते पर्वत जिल्ला अस्पताल, पर्वतमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, मोदी गाउँपालिका - २ की ७८ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, जलजला गाउँपालिका - ३ की ६० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology