Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा ६८ जना र बागलुङमा ७० जनामा कोरोना पुष्टि

म्याग्दीमा ६८ जना र बागलुङमा ७० जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ५, २०७८ बुधवार • १८:४४:५५ बजे
  • 937
    SHARES
  • म्याग्दीमा ६८ जना र बागलुङमा ७० जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा म्याग्दीमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३१ जना महिला र ३७ जना पुरुष रहेका छन । जिल्लामा ६८२ जना सक्रिय केश रहेका छन भने हाल् सम्म १९ जनाले ज्यान गुमाएका छन। यसै गरी ३८५ जनाले कोरोना जितेर घर फर्केका छन।

    images

    यता बागलुङमा ७० जनामा कोरोना पुष्टि भएको छ । जसमा २४ महिला ४६ जना पुरुष रहेका छन । जिल्लामा ९९१ जना सक्रिय केश रहेका छन भने हाल् सम्म २४ जनाले ज्यान गुमाएका छन । यसै गरी १३९५ जनाले कोरोना जितेर घर फर्केका छन।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्वतमा ५ जनाको ज्यान गयो,२२ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पर्वतका ५ जना र पाल्पाका एक जनाले ज्यान गुमाएका छन । यसै गरी पर्वत जिल्लामा ४२ जनामा गरिएको परिक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमा ९ महिला र १३ जना पुरुष रहेका छन । यो सँगै जिल्लामा सक्रिय केश ६१५ पुगेको छ भने २५ जनाले ज्यान गुमाइसकेका छन । 

    पर्वत जिल्ला, बिहादी गाउँपालिका - ३ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०५ गते गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका - ९ का ५७ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०४ गते मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, कुश्मा नगरपालिका - ६ का ६० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०२/०३ गते पर्वत जिल्ला अस्पताल, पर्वतमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

    पर्वत जिल्ला, मोदी गाउँपालिका - २ की ७८ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/३१ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

    पर्वत जिल्ला, जलजला गाउँपालिका - ३ की ६० बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०२/०४ गते जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology