Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाबाट निधन

काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाबाट निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ६, २०७८ बिहिवार • १०:३५:४८ बजे
  • 2.0K
    SHARES
  • काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाबाट निधन

    पोखरा । कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको छ ।

    images

    महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचाररत उहाँको गएराति १ बजेर ४० मिनेटमा ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

    दुई हप्ता अगाडि उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।केही दिन होम आइसोलेसनमा बसेका डीएसपी केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पताल भर्ना गरिएको थियो।

    उनी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए। केही समय परिसरमा उनले प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology