पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालहरुमा ११ जना र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको छ ।
पोखराको विभिन्न अस्पतालहरुमा मृत्यु हुने कोरोना संक्रमितहरु मध्य पोखरा महानगर भित्रका ७ जना रहेका छन भने स्याङ्जा र बागलुङका २ जना र तनहुँका एक जना रहेका छन । यो सँगै गण्डकी प्रदेश भरी २२ जनाले ज्यान गुमाएका छन ।
२४ घण्टायता मृत्यु हुनेमा कास्कीका ७ जना, नवलपुरका ५ जना, स्याङ्जाका ४ जना, गोरखाका ३ जना, बागलुङका २ जना र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
पछिल्लो २४ घण्टायता गण्डकी प्रदेशमा थप १ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन्। योसहित अहिले गण्डकीमा सक्रिय संक्रमितको संख्या १० हजार १८८ जना पुगेको छ। जसमा ९ हजार ९०९ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्।
२४ घण्टायता थपिएका स्याङ्जामा सबभन्दा धेरै ६११ जना संक्रमित थपिएका छन्। त्यसपछि कास्कीमा ३५३ जना, गोरखामा १५६ जना र नवलपुरमा ९४ जना संक्रमित थपिएका छन्।
यस्तै, तनहुँमा ९३ जना, म्याग्दीमा २१ जना, पर्वतमा १८ जना, लमजुङमा १६ जना, बागलुङमा ९ जना र मुस्ताङमा १ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले बताए।


