Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पश्चिम म्याग्दीको च्युरिबोटबासी बलेनीको धमिलो पानी खान बाध्य

पश्चिम म्याग्दीको च्युरिबोटबासी बलेनीको धमिलो पानी खान बाध्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • ०९:०४:४७ बजे
  • 4.9K
    SHARES
  • पश्चिम म्याग्दीको च्युरिबोटबासी बलेनीको धमिलो पानी खान बाध्य
    पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ च्युरिबोटमा गत मङ्गलवार राति आएको पहिरोले पाइप बगाएपछि स्थानीय ४६ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि त्यहाँका स्थानीय तीन दिनदेखि खोला तथा बलेनीको धमिलो पानी खान बाध्य भएका दाजुङखोला लघु जलविद्युत् व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिए ।

    उनका अनुसार अविरल वर्षापछि गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो । सो खानेपानी आयोजनाबाट विद्यालय, २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थायीरुपमा पिउँदै आएका छन् । च्युरिबोटका घुइलबोट, नालबाङ, दास्बाङ, पहिरोघर, बिसौनाबोट, बरनाचे बस्तीलगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ ।

    सो खानेपानीको आयोजना विदेशी संस्था ब्रिटिस बेलफेयरले २०५६ सालमा सहयोगमा निर्माण गरिएको हो । २०७४ मा भू–संरक्षणको ७० हजार रुपैयाँ सहयोग, स्थानीयको २५ हजार रुपैयाँ र श्रमदानमा मर्मत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # वर्षा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology