पोखराको बेगनास तालमा अर्को युवाको पनि श'व फे'ला परेको छ ।
पोखरा २६ जलधारेका निर ३१ बर्षका निराजन ढुंगानाको आज शनिवार बिहान बेगनासतालमा श'व फे'ला परेको हो । शुक्रवार पनि सोही बेगनास तालमा पोखरा २७ पण्डितथरका ४२ वर्षीय राजु प्रसाद भुर्तेल मृ'त अ'वस्थामा फे'ला परेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार निराजन शुक्रबार साढे चार बजेको समयमा ग १९ प ६१८८ नम्बरको स्कुटर लिएर घरबाट निस्किएका थिए ।
अबेरसम्म घर नफर्किएपछि परिवारले सम्पर्कबिहिन भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। मृ'त अ'वस्थामा फे'ला परेका ढुंगानाको श'वको मु'चुल्का तयार पारी घ'टनाका सम्बन्धमा अ'नुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
राष्ट्रिय आविष्कार केन्द्रलाई अभिनेता नाजिर हुसेनको एक लाख सहयोग
अभिनेता नाजिर हुसेनले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गरिरहेकाले नाजिरले उक्त संस्थालाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
हामी सवैले आफूहरुले सकेको सहयोग गर्ने हो । मैले मेरोतर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बचाउन मद्दत मिल्छ भन्ने मैले अपेक्षा गरेको छु ,उनले भने, हामीले आफ्नै आँखाले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुले ज्यान गुमाइरहेको देखेका छौं । हामी आफैं गएर अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सक्दैनौं, त्यसैले मैले मेरोतर्फबाट जसरी सक्थेँ र जति सक्थेँ त्यो सहयोग गरेको हुँ । हामी सबैले आफ्नोतर्फबाट सानो सहयोग गर्यौं भने पनि धेरैले गर्दा ठूलो सहयोग जुट्न सक्छ ।
आफूले गरेको सहयोगबाट एकजनाको मात्रै ज्यान बच्यो अथवा एउटा मात्रै अक्सिजन सिलिन्डर किन्न पुगे पनि आफूलाई त्यसले खुसी दिने उनी बताउँछन् । स्वास्थ्यकर्मी तथा अन्य व्यक्ति तथा संस्थाहरुले गरेको सहयोग उच्च प्रशंसनीय रहेको भन्दै उनले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।