Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा पोखरामा २० जनाले कोरोनाबाट ज्यान गुमाए , ५१ जनामा पुष्टि(विवरण सहित)

पछिल्लो २४ घण्टामा पोखरामा २० जनाले कोरोनाबाट ज्यान गुमाए , ५१ जनामा पुष्टि(विवरण सहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • १७:३१:४९ बजे
  • 2.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा पोखरामा २० जनाले कोरोनाबाट ज्यान गुमाए , ५१ जनामा पुष्टि(विवरण सहित)

    पोखरा । पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यसै गरी स्याङ्जाका एक पुरुषको होम आइसोलेशनमा ज्यान गएको हो ।

    images

    स्वास्थ्य निर्देशानलयका अनुसार ज्यान गुमाउनेमा कास्कीका १२ जना रहेका छन । स्याङ्जाका ६ जना रहेका छन भने तनहुँ पर्वत र म्याग्दीका एक एक जनाको पनि पोखरामा निधन भएको हो । गण्डकी प्रदेश भरी संक्रमणबाट ज्यान जानेको सङ्ख्या ५१४ पुगेको छ।

    निर्देशानलयका अनुसार अन्य दिनको तुलनामा आज संक्रमितको सङ्ख्या पनि घटेको छ । पि सि आर त एण्टीजेनबाट गरिएको परीक्षणमा कास्कीमा ५१ जना ,म्याग्दीमा १०४,पर्वत १, गोरखामा १,लमजुङमा ३२ तनहुँमा ५६,बागलुङमा ६ जना र स्याङ्जामा ८० गरी प्रदेश भरी ५२३ जनामा कोरोना पुष्टि भएको हो ।

    8.1.jpg8.2.jpg

    शनिवार पोखराको बेगनासतालमा फेरी अर्को युवाको श'व फेला,दुई दिनमा दुई श'व फेला

    पोखराको बेगनास तालमा अर्को युवाको पनि श'व फे'ला परेको छ ।

    पोखरा २६ जलधारेका निर ३१ बर्षका निराजन ढुंगानाको आज शनिवार बिहान बेगनासतालमा श'व फे'ला परेको हो । शुक्रवार पनि सोही बेगनास तालमा पोखरा २७ पण्डितथरका ४२ वर्षीय राजु प्रसाद भुर्तेल मृ'त अ'वस्थामा फे'ला परेका थिए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार निराजन शुक्रबार साढे चार बजेको समयमा ग १९ प ६१८८ नम्बरको स्कुटर लिएर घरबाट निस्किएका थिए ।

    अबेरसम्म घर नफर्किएपछि परिवारले सम्पर्कबिहिन भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। मृ'त अ'वस्थामा फे'ला परेका ढुंगानाको श'वको मु'चुल्का तयार पारी घ'टनाका सम्बन्धमा अ'नुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology