Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यार्सागुम्बा संकलन गरेर घर फर्कँदा खोलामा बगेर एक बालिकाको मृत्यु

यार्सागुम्बा संकलन गरेर घर फर्कँदा खोलामा बगेर एक बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ८, २०७८ शनिवार • १८:१३:०२ बजे
  • 484
    SHARES
  • यार्सागुम्बा संकलन गरेर घर फर्कँदा खोलामा बगेर एक बालिकाको मृत्यु

    बझाङ । बझाङमा यार्सागुम्बा संकलन गरेर घर फर्कँदा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ ।

    images

    जिल्लाको सुर्मा गाउँपालिका १ की १३ वर्षीया कविता बोहराको बाउली खोलाले बगाउँदा मृत्यु भएको हो । यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् ।

    बालिकाको शव शनिबार फेला परेको हो । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण खोलामा पानीको सतह बढेको थियो । लगातार वर्षासँगै यार्सा संकलन गर्ने पाटनमा समेत हिमपात भएपछि उनीहरू घर फर्किएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology