Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पश्चिम रुकुमको सोती घटना विरुद्ध म्याग्दीमा सडक धर्ना गरिने

पश्चिम रुकुमको सोती घटना विरुद्ध म्याग्दीमा सडक धर्ना गरिने

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

आषाढ ६, २०७७ शनिवार • १५:१८:२५ बजे
  • 2.9K
    SHARES
  • पश्चिम रुकुमको सोती घटना विरुद्ध म्याग्दीमा सडक धर्ना गरिने

    मयूरपाटी- पश्चिम रुकुम सोती गाउँमा हत्या गरिएका नवराज विक र उनका ५ जना साथीहरुको न्यायको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित युवा संजालको संयुक्त आयोजनामा असार ७ गते आइतबार म्याग्दीमा सडक धर्ना गर्ने भएको छ ।

    images

    देशका विभिन्न स्थानमा उक्त घटना विरुद्ध आन्दोलन चल्दै आएको छ । हरेक दिन विभेद विरुद्ध न्यायको लागि युवा वर्ग, केही राजनीतिक दलका भातृ संगठनहरु जातीय व्यवस्थाको अन्त्य, मानव समानता, पिडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै देशभरि नै आन्दोलन गर्दै आएका छन ।

    रुकुम लगायत देशै भरी जातीयको आधारमा हत्या गरिएका नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टिकारम सुनार, गोविन्द शाही, शम्भु सदा, अंगिरा पासीको स्वच्छ छानबिन गरि  पिडकहरुलाई राज्यले कारबाही गर्नु पर्ने र पीडित परिवारहरुलाई न्याय सहित राहतको माग गर्दै सडक धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।

    म्याग्दी जिल्लामा रहेका दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त सडक धर्नामा उपस्थितको लागी हार्दिक अपिल गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समिती म्याग्दीका सल्लाहकार टेक बहादुर विश्वकर्माले मयूरपाटीलाई बताएका छन । उनले भने 'नेपालमा जातीयताको आधारमा हत्या हिंसा हुनु भनेको दलित समुदायको लागि निकै नै पेचिलो बन्दै गएको छ । संसारमा आधुनिक तरिकाले धेरै परिवर्तन भएका छन । तर नेपालमा अहिले पनि जातीयको नाममा हुने हत्याले मानव समुदाय असुरक्षित रहेको छ भन्ने प्रमाण हो ।'

    त्यसैगरी युवा संजालका संयोजक किसान विश्वकर्मा भने 'जातीयताको आधारमा हुने हरेक विभेदको दलित समुदायले आवाज उठाउन जरुरि छ । अझै परिवर्तन चाहाने युवा वर्गले हातेमालो गरेर समाजको मुहार फेर्नु नै अहिलेका युवाहरू शसक्त भए लाग्नु पर्ने भन्दै सबै युवा वर्गहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि  अपिल गरेका छन ।'

    पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology