Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्यूठानमा गए राति घर भत्किँदा एकै घरका बा आमा र ३ बर्षीय छोराको मृत्यु

प्यूठानमा गए राति घर भत्किँदा एकै घरका बा आमा र ३ बर्षीय छोराको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • ११:१९:४१ बजे
  • 1.1K
    SHARES
  • प्यूठानमा गए राति घर भत्किँदा एकै घरका बा आमा र ३ बर्षीय छोराको मृत्यु

    प्यूठान .प्यूठानमा गए राति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।

    images

    नौ बहिनी गाउँपालिका १ स्याउँ लिवाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

    गैरेका अनुसार अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकुसल छन्।  खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको थियो।

    बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # घर भत्किँदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology