Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसिड प्रहार गर्ने पक्राउ

२२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ "अर्को केटा मन पराएको भन्दै एसिड प्रहार "

२२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ "अर्को केटा मन पराएको भन्दै एसिड प्रहार "

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • ०९:२५:२४ बजे
  • 2.0K
    SHARES
  • २२ वर्षे युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ "अर्को केटा मन पराएको भन्दै एसिड प्रहार "
    सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एसिड प्रहार गर्ने एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन्।वतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।

    घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो।उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

    प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मनपराएको कारण शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेका थिए।

    'केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएका छन्,'एसएसपी थापाले भने,'भारतीय नागरिक आलमका कामदार हुन्। उनलाई प्रहार गर्न लगाएका थिए।'

    एसिडले मुन्नाको हातमा समेत केही प्रतिशत जलेको छ।दही किन्न भनि डेराबाट बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो ।

    यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । ६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए । २०७१ चैतमा एसिड हान्ने विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

  • सम्बन्धित विषय:

  • # एसिड
  • # एसिड प्रहार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology