Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक हिउँ पहिरोमा परी वेपत्ता

अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक हिउँ पहिरोमा परी वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ९, २०७८ आइतवार • १४:५४:५८ बजे
  • 853
    SHARES
  • अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक हिउँ पहिरोमा परी वेपत्ता

    दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल ४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल ३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।

    images

    हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन। अपिहिमाल ४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भने, गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन । घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिए। घटनाको विस्तृत विवरण आएको छैन ।

    अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन् । कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो ।

    सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपि हिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन् ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology