Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कोरोना अपडेट : पोखरामा १६ जनाले ज्यान गुमाए,गण्डकी भर २० जनाले विवरण सहित

कोरोना अपडेट : पोखरामा १६ जनाले ज्यान गुमाए,गण्डकी भर २० जनाले विवरण सहित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १६:३१:३० बजे
  • 1.2K
    SHARES
  • कोरोना अपडेट : पोखरामा १६ जनाले ज्यान गुमाए,गण्डकी भर २० जनाले विवरण सहित

    पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन । पोखराको विभिन्न अस्पतालमा मात्रै आज १६ जनाले ज्यान गुमाएको छ ।जसमा एक जनाको अस्पताल ल्याउदै गर्दा बाटोमै निधन भएको हो ।

    images

    आज ज्यान गुमाउनेहरुमा पोखराका एक जना मात्रै रहेका छन । यसै गरी स्याङ्जाका छ जना बागलुङका चार जना , रुपन्देही र तनहुँका दुई दुई जना , मुस्ताङका एक जना र पर्वतका एक जना रहेका छन ।

    जसमा बागलुङका दुई जनाको धौलागिरी अस्पतालमा निधन भएको हो । पर्वतमा एक जनाको होमआइसोलेसनमा र एक जनाको बेनी अस्पतालमा ज्यान गएको हो भने स्याङ्जाका जनाको पोखरा ल्याउदै गर्दा बाटोमै ज्यान गुमाएको हो ।

    पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश भरी १७३४ जनमा गरिएको परिक्षणमा ७४४ जनमा कोरोना पुष्टि भएको छ । जसमा गण्डकी प्रदेशकोराजधानी कास्कीमा २६३ जना संक्रमित थपिएका छन ।

    नवलप्रासी पुर्वमा १३३ ,तनहुँमा १०४ ,स्याङ्जामा ८८ ,पर्वतमा ५९ ,म्याग्दीमा ३८ ,लमजुङमा २३ ,बागलुङमा २१ , गोरखामा ११ ,मनाङ र मुस्ताङमा दुई दुई जना संक्रमित थपिएका छन ।

    आज ६५३जनाले कोरोना जितेका छन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology