पोखरा। कास्कीको रिभान स्थित लुम्लेतर्फ जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नं -८ रिभान स्थित लुम्लेतर्फ जाँदै गरेको ग १४ प ९७५५ नंवरको मोटरसाईकल आफै अनियन्त्रित भइ पोलमा ठक्कर खाँदा सोही वडा निवासी १८ वर्षीय लक्की विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार बिजुलीको पोलमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई तत्काल पोखरास्थित फिस्टेल अस्पताल ल्याइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।