पोखरा । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डिएसपी)को मृत्यु भएको छ। कोरोना संक्रमित डिएसपी समीरचन्द्र खरेलको प्रहरी अस्पताल महाजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत उनको सोमबार मृत्यु भएको प्रधान कार्यालयले जानकारी दिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना गरिएको थियो।
कोरोना संक्रमणबाट यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको मृत्यु भएको थियो।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाए
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन । पोखराको विभिन्न अस्पतालमा मात्रै आज १६ जनाले ज्यान गुमाएको छ ।जसमा एक जनाको अस्पताल ल्याउदै गर्दा बाटोमै निधन भएको हो ।
आज ज्यान गुमाउनेहरुमा पोखराका एक जना मात्रै रहेका छन । यसै गरी स्याङ्जाका छ जना बागलुङका चार जना , रुपन्देही र तनहुँका दुई दुई जना , मुस्ताङका एक जना र पर्वतका एक जना रहेका छन ।
जसमा बागलुङका दुई जनाको धौलागिरी अस्पतालमा निधन भएको हो । पर्वतमा एक जनाको होमआइसोलेसनमा र एक जनाको बेनी अस्पतालमा ज्यान गएको हो भने स्याङ्जाका जनाको पोखरा ल्याउदै गर्दा बाटोमै ज्यान गुमाएको हो ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेश भरी १७३४ जनमा गरिएको परिक्षणमा ७४४ जनमा कोरोना पुष्टि भएको छ । जसमा गण्डकी प्रदेशकोराजधानी कास्कीमा २६३ जना संक्रमित थपिएका छन ।
नवलप्रासी पुर्वमा १३३ ,तनहुँमा १०४ ,स्याङ्जामा ८८ ,पर्वतमा ५९ ,म्याग्दीमा ३८ ,लमजुङमा २३ ,बागलुङमा २१ , गोरखामा ११ ,मनाङ र मुस्ताङमा दुई दुई जना संक्रमित थपिएका छन ।
आज ६५३जनाले कोरोना जितेका छन ।