पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । सोमबार १९ हजार ८ सय ४६ पीसीआर परीक्षणबाट ७ हजार २ सय २० जना र ६ सय ७ एन्टिजेन परीक्षणबाट २ सय ५ जना संक्रमित थपिएका हुन् ।
थपिएकामा काठमाडौंका १८ सय ६, ललितपुरका ६ सय ८१, मोरङका ३ सय २३, भक्तपुरका २ सय ९८, रुपन्देहीका २ सय ८७, कास्कीका २ सय ५८ तथा मकवानपुरका २ सय ४२ जना हुन् । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।
परीक्षणको ३६ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो । सोमबार ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको जनाएको छ । हाल सक्रिय संक्रमितका संख्या बढेर १ लाख १५ हजार ४ सय ४७ पुगेको छ ।