Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणको दर बढ्ढै गएपछि म्याग्दीमा जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप

कोरोना संक्रमणको दर बढ्ढै गएपछि म्याग्दीमा जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १०, २०७८ सोमवार • १९:११:०९ बजे
  • 1.2K
    SHARES
  • कोरोना संक्रमणको दर बढ्ढै गएपछि म्याग्दीमा जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप

    म्याग्दी । म्याग्दीमा ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गतेदेखि जारी निषेधाज्ञा सोमबार राति सकिने भएपछि कोभिड १९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

    images

    जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले कडा किसिमले निषेधाज्ञा कार्यान्वयन गराने निर्णय पनि गरेको छ । जारी निषेधाज्ञामा सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द भएका छन् ।

    तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरू स्वास्थ्य सुरक्षा मापदण्डहरूको पूर्ण पालन गरी विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology