पोखरा । गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा संरक्षित कालो सालक फेला परेको छ ।उक्त सालकको उद्धार गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।
गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन ,सूचना अधिकारी पौडेलले भने ।