Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोरखामा जिल्ला समन्वय प्रमुखको घर निर्माणमा खटिएका दुई मजदुरको माटोको डिस्कोले पुरिएर मृत्यु

गोरखामा जिल्ला समन्वय प्रमुखको घर निर्माणमा खटिएका दुई मजदुरको माटोको डिस्कोले पुरिएर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • १०:१३:०३ बजे
  • 1.1K
    SHARES
  • गोरखामा जिल्ला समन्वय प्रमुखको घर निर्माणमा खटिएका दुई मजदुरको माटोको डिस्कोले पुरिएर मृत्यु

    गोरखा । गोरखामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरेर दुईजना मजदुरको घटना स्थलमै ज्यान गुमाएका छन ।

    images

    जिल्लाको सिरानचोक गाँउपालिका १ भिरसिंम्मा भन्ने स्थानमा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको घरको कम्पाउड निर्माणमा खटिएका ५८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

    घरको कम्पाउन्डको जग खन्ने क्रममा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घाइते भएका उनीहरुको उपचारका क्रममा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनले बताए ।मृतक दुवैजना सिरानचोक गाउँपालिका १ भिरसिंका हुन् ।

    गोरखामा संरक्षित कालो सालक भेटियो

    गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा संरक्षित कालो सालक फेला परेको छ ।उक्त सालकको उद्धार गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको गरिएको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको पौडेलले जानकारी दिए ।

    गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ । गोरखामा पहिलो पटक सालक भेटिएको होइन । यस अघि गोरखा नगरपालिका र पालुङटारमा पनि धेरै फेला परेका छन ,सूचना अधिकारी पौडेलले भने ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology