Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरा सेती नहरको ड्याममा गुरुङ मृतावस्थामा भेटिए

पोखरा सेती नहरको ड्याममा गुरुङ मृतावस्थामा भेटिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • २०:०७:५७ बजे
  • 2.5K
    SHARES
  • पोखरा सेती नहरको ड्याममा गुरुङ मृतावस्थामा भेटिए

    पोखरा । पोखरा सेती नहरको ड्याममा एक पुरुष मृतावस्थामा भेटिएका छन् ।

    images

    पोखरा महानगरपालिका १६ दीपका ५८ वर्षिय नैनसिंह गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङ सोमबार बिहान ११ बजे घरबाट बिनाजानकारी निस्किएर बेपत्ता भएपछि परिवार र प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    गुरुङ आज बिहान शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । गुरुङ वेपत्ता हुनुको कारण र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कास्कीका क्रियाशील पाँच राजनीतिक दलले प्रतिगमनकारी कदमविरुद्ध एकजुट हुन आव्हान

    कास्कीका क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको आरोप लगाउँदै त्यस कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन् । दलले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरेका हुन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी (जसपा) कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा (राजमो) कास्कीका कोषाध्यक्ष विष्णु पुरीले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेका हुन् ।

    विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय,अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ । प्रतिनिधिसभालाई रातारात विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक,अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश, प्रतिगमनकारी कार्य गरेको भन्दै निन्दा एवं भत्र्सना गरिएको छ ।

    विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक दायित्व निर्वाह नभएको र उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा वदनियतपूर्ण तरिकाले प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको उल्लेख छ ।

    प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको भन्दै निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवनलाई झन् गम्भीर संकटमा धकेलिदिएको जनाइएको छ ।

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology