Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाण्डौ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा,किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

काठमाण्डौ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा,किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • २०:३८:०८ बजे
  • 1.5K
    SHARES
  • काठमाण्डौ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा,किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक साता निषेधाज्ञा थप गरिएको छ ।मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

    images

    थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ ।

    निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही पनि हुन्छ भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताए ।केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।

    देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घटन् सकेको छैन। अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिइरहेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology