Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तनहुँमा हराइरहेका एक पुरुष सामुदायिक जंगलको खोल्सीमा मृत फेला

तनहुँमा हराइरहेका एक पुरुष सामुदायिक जंगलको खोल्सीमा मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ११, २०७८ मंगलवार • २१:१५:४७ बजे
  • 1.7K
    SHARES
  • तनहुँमा हराइरहेका एक पुरुष सामुदायिक जंगलको खोल्सीमा मृत फेला

    तनहुँ । तनहुँमा हराइरहेका एक पुरुष आज मृत फेला परेका छन् । जेठ ३ गतेदेखि हराइरहेका तनहुँ जिल्ला व्यास नगरपालिका-७ बोटेटार बस्ने अन्दाजी ६५ वर्षका नसे बोटे आज दिउसाे ११ बजे साेही नगरपालिकाकाे वडा नं ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा मृत अवस्थामा फेला परेका हुन् ।

    images

    घटनास्थलमा प्रहरी टोली खटेर साे घटनाका बिषयमा थप अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएकाे छ ।

    पोखरा सेती नहरको ड्याममा एक पुरुष मृतावस्थामा भेटिए

    पोखरा । पोखरा सेती नहरको ड्याममा एक पुरुष मृतावस्थामा भेटिएका छन् ।

    पोखरा महानगरपालिका १६ दीपका ५८ वर्षिय नैनसिंह गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङ सोमबार बिहान ११ बजे घरबाट बिनाजानकारी निस्किएर बेपत्ता भएपछि परिवार र प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    गुरुङ आज बिहान शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए । गुरुङ वेपत्ता हुनुको कारण र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology