पोखरा । ब'ला'त्कार गरेको आरोपमा प्रहरीले आज बिरुवा गाउँपालिका ४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ ।
एक २२ वर्षीया युवतीलाई बला'त्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई ब'ला'त्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ । रासस
स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी गर्ने पक्राउ
स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी गर्ने स्यङ्जाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार १ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाए ।
पौडेलले नक्कली सेनिटाइजरलाई विभिन्न कम्पनीको लेबल लगाएर बेच्ने गरेको प्रहरीको भनाइ छ । उनलाई कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।