Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीको रुपा चिसापानी देवीको पुजा गरेर फर्किने क्रममा जीप दुर्घटना ,सात घाइते एकको अवस्था गम्भिर

कास्कीको रुपा चिसापानी देवीको पुजा गरेर फर्किने क्रममा जीप दुर्घटना ,सात घाइते एकको अवस्था गम्भिर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १२, २०७८ बुधवार • २०:१२:०६ बजे
  • 12.2K
    SHARES
  • कास्कीको रुपा चिसापानी देवीको पुजा गरेर फर्किने क्रममा जीप दुर्घटना ,सात घाइते एकको अवस्था गम्भिर

    तस्विर सुरज गुरुङ 

    images

    पोखरा । कास्कीमा पुजा गरेर फर्किएको जीप दुर्घटना हुदाँ सात जना घाइते भएका छन । बुद्द जयन्तीको दिन जिल्लाको रुपा गाउँपालिका ७ मोहोरिया चिसापानी देवीको पुजा गरेर फर्किने क्रममा सोही वडाको सौर्यबास नजिकै ग १ च ३३६९ नम्बरको जीप दुर्घटना भएको हो ।

    दुर्घटनामा परी सात जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भिर रहेको छ । जीप चालक पनि सामान्य घाइते भएका छन । चालकका अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन । यदपी घटनाका प्रत्यक्षदशीका अनुसार चालकले मादकपर्दाथ सेवन गरेको भन्ने भनाई छ ।प्राप्त जानकारी अनुसार घाइतेहरु सबै कास्की घडेरीका हुन ।

    घाइतेलाई रुपा गाउँपालिकाको एम्बुलेन्समा थप उपचारको लागी पोखरा पठाइेको बताएको छ । बैशाखपुर्णेको दिन हरेक बस रुपाको चिसापानीदेवी मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । यहाँ भाकल राख्न र पुजा गर्न देशका बिभिन्न स्थानबाट भक्तजनहरु अौने गर्छ ।

    स्याङ्जामा जङ्गलमा गएकी युवतीलाई ब'ला'त्कार गरेको आरोपमा एक जना पक्राउ

    पोखरा । ब'ला'त्कार गरेको आरोपमा प्रहरीले आज बिरुवा गाउँपालिका ४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ ।

    एक २२ वर्षीया युवतीलाई बला'त्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

    बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई ब'ला'त्कार गरेको भन्ने जाहेरीका आधारमा दमैलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ । रासस

    स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी गर्ने पक्राउ

    स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी गर्ने स्यङ्जाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार १ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

    पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको प्रहरीले जनाए ।

    पौडेलले नक्कली सेनिटाइजरलाई विभिन्न कम्पनीको लेबल लगाएर बेच्ने गरेको प्रहरीको भनाइ छ । उनलाई कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology