Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि

कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • ११:०८:१८ बजे
  • 1.1K
    SHARES
  • कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि
    पोखरा – गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् ।

    लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।

    संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology