Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल रहायक रथी दिनेश कुमार केसीको निधन

कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल रहायक रथी दिनेश कुमार केसीको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १३, २०७८ बिहिवार • १२:०७:५१ बजे
  • 1.5K
    SHARES
  • कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल रहायक रथी दिनेश कुमार केसीको निधन

    पोखरा । कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल रहायक रथी दिनेश कुमार केसीको निधन भएको छ ।कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

    images

    केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।

    केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो।

    कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्। हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology