Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन

कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १३, २०७८ बिहिवार • १३:१२:५२ बजे
  • 1.3K
    SHARES
  • कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन

    पोखरा । कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए ।

    images

    तर, अस्पताल भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि निदान अस्पतालमा उपचार गराइरहेका कर्माचार्यको गएराती निधन भएको हो । बुधबार बेलुका श्वास प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएका कार्मचार्यको बिहान साढे ३ बजे निधन भएको थियो । पोखरा उद्योग बाणिज्य संघको मानार्थ सदस्य तथा सल्लाहकार समेत रहेका कर्माचार्यको उपचारका क्रममा मृत्यु भएको संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिए ।

    कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा कार्य समिति सदस्य हुँदै विभिन्न पदको जिम्मेवारी सम्हालेर अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थिए । उनले संघले सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजक भएको बेला बालश्रम न्यूनीकरणको लागि ठूलो योगदान गरेका थिए । उनी लायन्स क्लब लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा समेत सक्रिय रहदै आएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology