Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभाव सुत्केरी सहित ६ जना बिरामीले ज्यान गुमाए

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभाव सुत्केरी सहित ६ जना बिरामीले ज्यान गुमाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १४, २०७८ शुक्रवार • ११:२३:४९ बजे
  • 3.5K
    SHARES
  • पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभाव सुत्केरी सहित ६ जना बिरामीले ज्यान गुमाए

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्कासी अक्सिजनको अभाव हुँदा हाइफ्लो अक्सिजन लिइरहेका एक जना सुत्केरी सहित ६ जना बिरामीको ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १÷१ जना गरी ६ जना रहेका छन ।

    images

    कोभिड अस्पतालका फोकल पर्सन डा.शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको देखिएको र बाँकीमा अन्य दीर्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

    अक्सिजन अभावमा आफन्त गुमाएपछि अस्पतालले बेलैमा सचेत गराइदिएको भए जसरी पनि जोहो गर्ने उनीहरुको गुनासो छ । अस्पतालले अक्सिजनको अभाव छ, समयमा नआउन सक्छ, खोज्दै गर्नुस् भनेको भए, जसोतसो जोहो गर्थ्यौं, एक आफन्तले गहभरी आँशु पार्दै दुखेसो पोखे।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालमा पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्सिजन उद्योग भएकाले प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपूर्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।

    बिहीबार दिउँसोबाटै पोखरामा विद्युतको नियमित आपूर्ति नहुँदा अक्सिजन उद्योगमा उत्पादन प्रभावित बनेको थियो। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्दै आइरहेको छ ।

    बिद्युत आपूर्ति नहुँदामात्र उत्पादनमा समस्या पर्ने कम्पनीको भनाइ छ । बिहीबार दिउँसो पनि केही समय बिद्युत अबरुद्ध भएको थियो । तैपनि कम्पनीले भने नियमित अस्पतालहरुलाई अक्सिजन पठाइरहेको दाबी गरेका छन्।

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology