Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मनाङमा बाढीले पुल बगायो सडक अवरुद्ध ४० घर विस्थापित, ६ घर जोखिममा

मनाङमा बाढीले पुल बगायो सडक अवरुद्ध ४० घर विस्थापित, ६ घर जोखिममा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • ०९:५९:४६ बजे
  • 2.0K
    SHARES
  • मनाङमा बाढीले पुल बगायो सडक अवरुद्ध ४० घर विस्थापित, ६ घर जोखिममा

    मनाङ । निरन्तरको वर्षासँगै आएको बाढीका कारण हिमाली जिल्ला मनाङको सदरमुकामको चामे १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ भने सोही गाउँपालिका ४ नयाँबस्तीमा ४० घर विस्थापित भएका छन् । ६ वटा घर जोखिममा परेका छन् ।

    images

    बिहीबार दिउँसो भीषण वर्षासँगै एक्कासि आएको बाढीले पुल बगाउँदा सडक अवरुद्ध बनेको छ ।मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बिहीबार दिउँसो ३ बजेतिर पुल बगाएको हो । उनका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाएको छ ।

    शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले चारवटा कुखुराको टहरा बगाएको छ । सडक क्षतविक्षत बनाएको छ । बाढीले चामेको नयाँबजारमा रहेको एभरेष्ट होटेल, साग्रिला होटेल बढी जोखिममा छन् । एभरेष्ट होटेलको शौचालय बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए ।बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ ।

    मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण सारेका थिए । चामेको घट्टेखोला र ठाडोलाइनका खोलाहरूमा ठूलो बाढी आइरहेकाले चामे गाउँपालिकाले सूचना जारी गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोधसमेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाङमा बाढी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology