Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द

निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १०:३६:१० बजे
  • 1.4K
    SHARES
  • निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द

    पर्वत - निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।

    images

    निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

    पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । ती गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology