Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ व्यास १२ कमलाबारीमा ट्याङ्कर र ट्रक एक आपसमा ठोकिँदा‌ दुर्घटना

तनहुँ व्यास १२ कमलाबारीमा ट्याङ्कर र ट्रक एक आपसमा ठोकिँदा‌ दुर्घटना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • ११:२६:२१ बजे
  • 2.4K
    SHARES
  • तनहुँ व्यास १२ कमलाबारीमा ट्याङ्कर र ट्रक एक आपसमा ठोकिँदा‌ दुर्घटना

    तस्विर स्रोत सामाजिक सञ्जाल फेसबुक

    images

    तनहुँ । तनहुँको व्यास १२ कमलाबारीमा ट्याङ्कर र ट्रक एक आपसमा ठोकिँदा‌ दुर्घटना भएको छ ।

    डुम्रेबाट दमौली आइरहेका ग्यास ट्यांकर र ट्रक ठोकिँएको हो ।  प्राप्त जानकारी अनुसार ट्याङ्करको ब्रेक फेल भएर भएको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी एक महिलाको मृत्यु

    पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।

    पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए ।राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो, उनले भने, घरका अरु सदस्य भने सकुशलै छन् ।

    मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द

    पर्वत - निरन्तर परेको बर्षाका कारण पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।

    निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

    पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । ती गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology