Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा छायो खुशी

भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा छायो खुशी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • ०९:२७:२८ बजे
  • 880
    SHARES
  • भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा छायो खुशी

    सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै थिइन् दोर्दी गाउँपालिका ३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८ ७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उहाँको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो ।

    images

    वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी उनी अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन् । मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताइन् ।

    त्यस्तै मध्यनेपाल नगरपालिका ३ सूर्यपालका ७४ वर्षीय मनबहादुर गोतामे र ६४ वर्षीया चिजामाया गोतामे पनि रेडियोबाट बजेट भाषण सुनिरहेकी थिइन्। उनीहरुसमेत सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी भए । मनबहादुरले भने, पहिला पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।

    उनीहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् । विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ ।

    बेँसीशहर ११ चितीका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताए । उनले भने, “हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो । त्यस्तै ज्येष्ठ नागरिक सङ्घ लमजुङका कोषाध्याक्ष हरिप्रसाद अधिकारीले भने, सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • # वृद्धभत्ता
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology